असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमित जिल्ला ७२ पुग्यो

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । आज पहिलो पटक इलाममा १ जनामा काेरोना संक्रमण देखिएकाे छ ।

आज इलामका व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमण फैलिएका जिल्लाको संख्या ७२ पुगेको हो ।

जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलका अनुसार सूर्योदय नगरपालिकाका २६ वर्षीय पुरुषमा पहिलाे पटक काेरोना संक्रमण देखिएकाे हाे । 

संक्रमित पुरुष गत जेठ १८ गते भारतबाट आएकाे सूचना अधिकारी पोर्तेलले नेपाल फ्ल्यासलाई बताए । उनका अनुसार झापाकाे हाेल्डिङ सेन्टरमा बसेर इलाम आएका  १२ जनामध्ये बाँकी सबैकाे नेगेटिभ भएकाे सूचना अधिकारी पोर्तेलले बताए ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार संक्रमितकाे अवस्था सामान्य रहेकाे र अहिले उनलाई माेरङकाे गोठगाउँमा रहेकाे  आइसाेलेशनमा पठाइसकिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि