असोज ०६, २०८१, आइतबार
               

रुपन्देही सामूहिक हत्याकाण्डः दोषीलाई कडा कारबाही गर्न माग

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० स्थित गङ्गादेवी पशुफार्ममा गएराति भएको हत्याको घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारवाहीको माग गरेको छ ।

रुपन्देही क्षेत्र २ का सङ्घीय सांसदसमेत रहेका नेता पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करन चौधरी र १७ वर्षीय आशिष चौधरीको त्रासदीपूर्ण एवं विभत्स हत्या भएकाले सो घटनाको विरोध गरेका हुन् ।

'यस हत्याकाण्डको यथाशीघ्र अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउन र दोषी उपर कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकारका सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षण गराउँछु । मृतकका परिवारलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्छु', विज्ञप्तिमा उनले भनेका छन्, 'समाजमा डरलाग्दो ढङ्गले देखापरिरहेको यस प्रकारको आपराधिक मनोवृत्ति फैलिन नदिन र नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्नसमेत सम्बद्ध निकायको ध्यानाकर्षण गराउँछु ।'


कस्तो लाग्यो ?

यो पनि