बैशाख १६, २०८१, आइतबार
               

रुपन्देही हत्याकाण्ड: 'फरुवाले हानेर पाँच जनाको हत्या'

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डमा संलग्न अभियोगमा पक्राउ परेका झसेन्द्र सिंजालीले कसूर स्वीकारेको प्रहरीले जनाएको छ ।

गएराति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा पाँच जनाको हत्या भएको थियो ।

घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनी सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजाली हुन् । प्रहरीसमक्ष उनले कसूर स्वीकार गरेका छन् ।

प्रहरीको प्रारम्भिक सोधपुछमा 'फरुवा प्रहार गरेर पाँच जनाको हत्या गरेको' उनले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा सैनामैना मुर्गियाका ४१ वर्षिय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरीको मृत्यु भएको छ ।

हत्या गर्नुको कारण अझै पत्ता नलागेको प्रहरीले बताएको छ । लागू औषध समेत सेवन गर्ने सिंजालीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि