जेठ ०४, २०८१, शुक्रबार
               

बालुवाटारमा प्रदर्शनकारीमाथि लाठी र पानीको फोहोरा

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा हानेको छ ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको लगायतका विषयमा विरोध जनाउँदै बालुवाटारमा प्रदर्शन भएको हो।

प्रधानमन्त्री निवास नजिक भएको प्रदर्शनमा कलाकार, व्यवसायी, विद्यार्थी र विभिन्न पेशामा आवद्ध सर्वसाधारणहरुको सहभागिता थियो ।

विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावपूर्ण भयो ।

शान्तिपूर्ण धर्नामा बसेकाहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको छ। प्रदर्शनकारीमध्ये केहीलाई प्रहरीले नियान्त्रणमा समेत लिएको छ।

प्रदर्शनकारीहरुले आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्न, पीसीआर प्रविधिबाट परीक्षण गर्न लगायतका माग गरेका छन्। 

त्यस्तै १४ दिनसम्म लक्षण नदेखिएका कोरोना संक्रमितलाई पुनः परीक्षण नै नगरी घर पठाउने सरकारी नीतिको पनि विरोध गरेका छन्।

उनीहरुले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको हिसाब पनि मागेका छन्।


कस्तो लाग्यो ?

यो पनि