जेठ ०६, २०८१, आइतबार
               

वडाका सहयोगमा प्रहरी आवास

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

कञ्चनपुर । यहाँका तीन वडा कार्यालयको सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा प्रहरी आवास भवन निर्माण अगाडि बढाइएको छ ।

जानकी मध्यवर्ती सामुदायिक वन छेउमा निर्माणधीन सो भवनका लागि वडा १ ले चार लाख ५० हजार, वडा २ ले तीन लाख र वडा १२ ले एक लाख गरी आठ लाख ५० हजार सहयोग गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष गङ्गाबहादुर विष्टले बताए ।

उनका अनुसार तीनवटै वडा कार्यालयले उपलब्ध गराएको रकमबाट तीनकोठे भवनको छत राख्नेसम्मको कार्य पूरा भएको छ । भवनमा झ्याल, ढोका राख्ने, विद्युत्को व्यवस्था गर्ने, प्लाष्टर गर्नेलगायतको कार्यका लागि सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको पाँच लाख बजेट बाट कार्य अगाडि बढाइने वडा १ का वडाध्यक्ष हरिश विष्टले बताए ।

प्रदेश सरकारबाट बजेट प्राप्त भएको छ उनले भने, 'बजेट परिचालन गरी भवन निर्माणकार्य पूरा हुन्छ । यसका लागि दु्रतगतिमा निर्माणलाई अगाडि बढाइएको छ ।' वडा २ का वडाध्यक्ष शिवराज पनेरुले दुर्गममा रहेका वडामा शान्ति शुरक्षा कायम गर्न भवन नहुँदा प्रहरीलाई समस्या भएपछि भवन निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

कार्यरत प्रहरीलाई बस्नका लागि भरपर्दो भवन नभएपछि तीनवटै वडाध्यक्षको सल्लाहअनुसार बजेटको व्यवस्था गरी भवन निर्माणकार्यलाई अगाडि बढाइएका उनको भनाइ रहेको छ । असार मसान्तभित्रै भवन निर्माण पूरा गर्ने लक्ष्य लिइएको छ ।

प्रहरीको अस्थायी बिटमा हाल प्रहरी सहायक निरीक्षकको नेतृत्वमा चार जना प्रहरी कार्यरत रहेका छन । प्रहरीलाई बस्नका लागि भवन अभाव भएपछि भवन निर्माणकार्य अगाडि बढाइएको हो । हाल प्रहरी कच्ची घरमा बस्दै आएका छन् ।

बिटमा कार्यरत प्रहरीका अनुसार सवारी सधान र फर्निचरको अभाव रहेको छ । भवन नहुँदा दुई श्ययामा चार जना सुत्नुपर्ने बाध्यता छ । विद्यमान प्रहरी बिटलाई प्रहरी चौकीमा परिणत गर्नका लागि भवन निर्माणकार्य अगाडि बढाइएको छ ।

प्रहरी भवन निर्माणकार्य अनुगमनमा पुग्नुभएका नगरपालिकाका नगरउपप्रमुख तुलसीदेवी हमालले प्रहरी चौकी स्थापना भएपछि प्रहरीको जनशक्ति बढ्ने र यस क्षेत्रको शान्ति शुरक्षा कायम गर्नमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । प्रहरी चौकी स्थापनाका लागि नगपालिकाकातर्फबाट पहल भइरहेको उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि