असोज ०६, २०८१, आइतबार
               

भारतबाट धादिङ आएका १६ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

धादिङका १६ जनामा कोरोना पोजिटिभ देखिएको छ । जिल्ला सदरमुकाम स्थित नीलकण्ठ माविमा संचालन गरिएको भारतबाट आएर क्वारेन्टाइनमा बसेकामा कोरोना पुष्टि भएको हो ।

क्वारेन्टाइनमा रहेका बेला नीलकण्ठ नगरपालिकाले गरेको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरुको स्वाब संकलन गरी पीसिआरका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा पठाइएको थियो ।

आरडीटीमा पोजिटिभ देखिएपछि स्वाब संकलन गरी जेठ २४ गते लगिएकोमा सोमबार कोरोना रिपोट पोजिटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।

नीलकण्ठ माविको क्वारेन्टाइनमा रहेकाहरुमध्ये १६ जनामा कोरोना पोजिटिभ देखिएपछि कोरोना व्यवस्थापन समितिको बैठक बसिरहेको छ । उनीहरु कहिले भारतबाट आएका थिए र उनीहरुसँगै आएकाको खोजी गरिने स्वास्थ्य कार्यलय धादिङले जानकारी दिएको छ । 

योसँगै धादिङमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या २२ पुगेको छ । त्रावती डवजोङ गाउँपालिका वडा नं ३ का एक पुरुष, गल्छी गाउँपालिका ८ की ३० वर्षीय महिला, थाक्रे गाउँपालिका ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन् । 

धुनीबेसी नगरपालिका ३ की २३ वर्षीया महिला, सिद्धलेक गाउँपालिका ५ की २३ वर्षीया महिला र नीलकण्ठ नगरपालिका ७ का ३३ वर्षीय पुरुष उपचाररत छन् ।


कस्तो लाग्यो ?

यो पनि