असोज ०६, २०८१, आइतबार
               

अर्घाखाँचीका नगर उपप्रमुखलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा नगरउप्रमुख विकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।

संक्रमण भएको खबरपछि उनलाई फोन सम्पर्क गरी सोध्दा उनले भने, 'म भारतबाट आएकाको सहयोग र क्वारेन्टाइन व्यवस्थापनमा दिनरात लागे। आज कोरोना पुष्टि भएको खबर आयो ।यो सामान्य रुघाखोकी हो । म यसबाट अतालिएको छैन । म अब घरमै होम क्वारेन्टाइनमा बस्छु । आवश्यक कार्य फोन सम्पर्कबाट नै गर्छु । छिटो निको हुन्छ भन्नेमा मलाई पूर्ण विश्वास छ ।'

उनी नेकपा अर्घाखाँचीका जिल्ला सचिव समेत हुन् । भारतबाट आएकाको प्रत्यक्ष सम्पर्कमा रहेकाले उनलाई कोरोना लागेको हुनसक्ने अनुमान गरिएको छ ।  अर्घाखाँचीमा जनप्रतिनिधिलाई कोरोना पुष्टि भएको यो पहिलो पटक हो । नगरपालिकाका मेयरको पनि स्वाब पठाइएकोमा उनको कोरोना रिर्पोट भने नेगेटिभ आएको छ ।


 


कस्तो लाग्यो ?

यो पनि