असोज ०६, २०८१, आइतबार
               

एक हजारभन्दा बढीलाई पिसिआर नगरी घर पठाइयो

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

दैलेख । दैलेखको महाबु गाउँपालिकाको क्वारेन्टाइमा रहेका एक हजारलाई घर पठाएको छ । 

आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो ।

भारतबाट आएर १४ दिन क्वारेन्टिनमा बसेका उनीहरुको पीसीआर परीक्षण नगरी आरडीटी मात्र गरी घर पठाइएको जनाएको छ ।

नेपालमा आरडीटी परीक्षणलाई भरपर्दो परीक्षण मानिँदैन । त्यसैले उनीहरुलाई कोरोना  लागेको छ वा छैन भनी पीसीआर नै गर्नुपर्ने हुन्छ । 

तर, क्वारेन्टिनमा राख्ने ठाउँ नभएको, पीसीआर परीक्षणको रिपोर्ट समयमा नआउनेजस्ताकारण देखाउँदै स्थानीय तहका जनप्रतिनिधिले करिब एक हजारलाई परिवारको रोहवरमा जिम्मा लगाएका हुन् । 

गाउँपालिकाले जेठ २१ देखि २५ गतेसम्म क्वारेन्टिनमा आएका एक हजार ७६ जनाको आरडीटी विधिबाट परीक्षण गर्दा ७६ जनामा कोरोना एन्टीबडी पोजेटिभ आएको बताइएको छ । 

आरडीटी नेगेटिभ आएकाहरुलाई वडा अध्यक्ष, गाउँपालिकाको स्वास्थ्य शाखा, सुरक्षा निकाय र परिवारको एकजना सदस्यको रोहवरमा दश दिन होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

तर, आरडीटी पोजेटिभहरुलाई भने क्वारेन्टाइनमै राखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि