असोज ०६, २०८१, आइतबार
               

कोरोनाबाट बाबुछोरी नै स‌ंक्रमित

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

नवलपरासी । जिल्लाको बर्दघाट सुस्तामा पछिल्लोपटक बाबुछोरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पाल्हीनन्दन गाउँपालिका–१ का ३३ वर्षीय पुरुष र उनकी सात वर्षीया छोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

सङ्क्रमित बाबुछोरी केही दिनअघि भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको यसअघिको आरडिटी परीक्षणमा पनि नतिजा पोजेटिभ आएको थियो । स्वाब सङ्कलन गरी परीक्षणका लागि भैरहवास्थित प्रादेशिक प्रयोगशालमा पठाइएकामा उनीहरुको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

योसँगै पाल्हीनन्दनमा कोरोना स‌ंक्रमितको सङ्ख्या ११ पुगेको छ । बर्दघाट सुस्ता पश्चिम क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २१ पुगेको छ भने निको हुनेको सङ्ख्या तीन पुगेको छ । प्रतापपुर र सुस्ता गाउँपालिकाका तीन सङ्क्रमित कोरोनामुक्त भएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि