असोज ०६, २०८१, आइतबार
               

आज चितवनमा २० जना कोरोना संक्रमित थपिए

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

आज चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमुना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको हो । तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् ।

कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक पनि छन् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ ।

चितवनका संक्रमितमध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् ।


कस्तो लाग्यो ?

यो पनि