असोज ०६, २०८१, आइतबार
               

३ वर्षीया बालिकासहित बारामा ५ जनामा देखियो कोरोना

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

फेरि बारामा ५ जनामा कोरोना संक्रमण थपिएका छन् । जिल्लाको सुवर्ण गाउँपालिका–२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष र सोही वडाका २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरीमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित पाँचै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र साहका अनुसार हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा बसेका ३९ जनाको जेठ २३ गते स्वाब संकलन गरिएको थियो ।

जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको उनले बताए । साहका अनुसार संक्रमित पुष्टि भएका सबै जना भारतबाट आएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि