असोज ०६, २०८१, आइतबार
               

कोरोना लापरबाही : पोजिटिभ रिपोर्ट देख्दादेख्दै पनि घर पठाइयो

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरुको रिपोट पोजिटिभ देखिएकै अवस्थामा डिस्जार्च गरिएको हो  ।

स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार अस्पतालका १४ दिनभन्दा बढी बसेका र कुनै पनि लक्षण नदेखिए रिपोर्ट पोजिटिभ नै रहे पनि घर पठाउन सक्ने निर्देश भएअनुसार दाङका ५ जनालाई डिस्चार्ज गरिएको मेसु सर्वेस शर्माले जानकारी दिए ।

कुनै लक्षण नभएका तर आइसोलेसनमा बसेका बिरामीबाट अरूमा कोरोनाभाइरस सर्न सक्दैन भन्ने मान्यता अनुरूप स्वास्थ्य मन्त्रालयले त्यस्तो निर्देशिका जारी गरेको शर्माले भने। कोरोना पोजिटिभ देखिएर पनि घर जानेहरुमा बाँके नरैनापुरका ३ जना, दाङको १ जना र बर्दियाको १ जना रहेका छन्।

अस्पतालबाट बाँकेका ५, बर्दियाका १, कपिलवस्तुका २ र दाङका २ जना आइतबार डिस्चार्ज भएको अस्पतालमा मेसु शर्माले बताए। दाङको घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका १/१ जना रहेका छन।  

रिपोर्ट अनुसार डिस्चार्ज हुनेमध्ये दाङको घोराही उपमहानगरपालिका ३ का ३७ वर्षीय युवा कोरोनामुक्त छन्। गढवाका सक्रमणमै घर गउका छन्। उनीहरु सबै जना १४ देखि २१ दिन पहिले उपचारका लागि अस्पताल आएका थिए। 

डिस्चार्ज गरिएका सबैका अस्पताल बस्दासम्म कुनै लक्षण नदेखिएका अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताए। अब अस्पतालमा ५४ जना रहेका छन। 

पोजिटिभ देखिएर घर पठाइएकाहरुको स्वास्थ्यमा कुनै समस्या भएमा अस्पताल आउने गरि व्यवस्था मिलाइएको छ।  


कस्तो लाग्यो ?

यो पनि