असोज ०६, २०८१, आइतबार
               

आज बिहानै पर्सा, बारा र रौतहमा थप १९ जना संक्रमित थपिए

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

प्रदेश नम्बर २ मा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सा जिल्लाका १ महिला र ७ पुरूष  गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बारा जिल्लाका २ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने  रौतहट जिल्लाका ४ जना परूषमा पनि संक्रमण पुष्टि भएको छ ।

पर्साका संक्रमितमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ का २० देखि ५५ वर्ष उमेरसम्मका रहेका छन् । यसैगरी बाराको सुवर्ण गाउँपालिका र पचरौता नगरपालिकाका गाउँपालिका ३ वर्षीय बालिकादेखि ३० वर्षसम्मका ७ जना संक्रमित रहेको छ ।

यस्तै रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ का १७ , १८ र ४३ वर्षका पुरूषहरू रहेका छन् भन रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर ३ का एक जना पुरुषमा पनि संक्रमण पुष्टि रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि