असोज ०६, २०८१, आइतबार
               

चारकुनेमा ज्येष्ठ नागरिक भवन बन्ने

रासस
जेठ २६, २०७७

ADVERTISEMENT

तनहुुँ । व्यास नगरपालिका–१ चारकुनेमा जलेश्वर ज्येष्ठ नागरिक भवन शिलान्यास गरिएको छ । ज्येष्ठ नागरिक समाजका मानार्थ आजीवन सदस्य  ९८ वर्षीय भीमबहादुर बस्नेतले उक्त भवनको आज शिलान्यास गर्दै  तीनै तहका सरकारबाट अनुदान प्राप्त भई समयमा भवन निर्माण होस् भन्ने कामना गरेका छन् । गण्डकी प्रदेश सरकारद्वारा १० लाख विनियोजन भएपछि आधारभूत स्वास्थ्यचौकी नजिक रहेको करिब तीन आना क्षेत्रफलमा ज्येष्ठ नागरिक भवन निर्माण गर्न लागिएको हो ।

वडाभित्र  बस्ने स्थान नहुँदा ज्येष्ठ नागरिकहरु करिब दुई किलोमिटर हिँडेर दमौली बजारनजिक रहेको बिपी वनवाटिकास्थित बेलचौतारामा जाने गरेको जलेश्वर ज्येष्ठ नागरिक भवन निर्माण समितिका अध्यक्ष गणेश जिसीले जानकारी दिए । 

यसैबीच, सोही वडास्थित धुपखोला नजीक करिब दुई लाखको लागतमा किरियापुत्री भवन निर्माण थालिएको छ । वडाले विनियोजन गरेको बजेट तथा स्थानीवासीको जनश्रमदान गरी  भवन बनाउन लागिएको हो । समयावधिभित्रै  भवन सम्पन्न गर्ने गरी काम भइरहेको क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष सुरेश आचार्यले जानकारी दिए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि