असोज ०६, २०८१, आइतबार
               

सप्तरीका १६ जना कोरोना संक्रमित थपिए

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

सप्तरीका थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज भेटिएका सबै संक्रमित सप्तरीको बलान बिहुल गाँउपालिकाका हुन् ।

सप्तरी स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार संक्रमित सबै भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टाइन बसेकाहरू हुन् ।

आज थपिएका कोरोना भाइरस संक्रमितहरुको उमेर १२ वर्ष देखि ४५ वर्ष रहेको छ । धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणले उनीहरूमा कोरोनाको संक्रमण पुष्टि गरेको हो।

संक्रमितहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको यादवले बताए । सप्तरीमा १६ जना नयाँ कोरोना संक्रमित बढेसँगै जिल्लामा संक्रमित संख्या ९३ पुगेको छ।


कस्तो लाग्यो ?

यो पनि