असोज ०६, २०८१, आइतबार
               

भारतबाट आउनेका लागि नेपाली सेनाद्वारा भैरहवामा होल्डिङ क्याम्प निर्माण

नेपाल फ्ल्यास
जेठ २५, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । भारतबाट स्वदेश फर्किने नेपालीका लागि नेपाली सेनाले रुपन्देहीको भैरहवामा होल्डिङ क्याम्प बनाएको छ ।

कोरोना अतिप्रभावित भारतबाट नेपाल फर्किने बढेपछि सावधानीका लागि नेपाली सेनाले सो क्याम्प बनाएको हो । सेनाले सिद्धार्थनगर ३ स्थित प्राविधिक शिक्षालय रहेको प्रतिमान निमा स्मृति प्रतिष्ठानको भवनलाई होल्डिङ क्याम्प बनाएको हो । भारतबाट नेपाल प्रवेश गरेपछि सेनाको क्याम्पमा राखिने र सम्बन्धित स्थानमा त्यहीबाट पठाइने व्यवस्था मिलाइने छ ।

क्याम्पमा आइतबार पहिलोदिन नै करिव पाँच सय नेपाली आइसकेका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार उनीहरुलाई त्यहीबाट सवारी साधनको प्रबन्ध गरी गन्तव्यसम्म पुर्‍याइने छ ।

यसअघि पनि प्रतिष्ठानले अलपत्र परेका भारतीय मजदुरलाई क्वारेन्टाइनको रुपमा राख्न आफ्नो भवन उपलब्ध गराएको थियो । त्यतिबेला सवा दुई सयको संख्यामा रहेका भारतीय नागरिक क्वारेन्टाइनमा बसेर भारत फर्किएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिइन् ।


कस्तो लाग्यो ?

यो पनि