असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमण नदेखिएका ६ जिल्लाहरू

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार साँझसम्म नेपालका ६ जिल्लामा मात्र काेरोना संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयको तथ्यांक अनुसार संक्रमण नदेखिएका ६ जिल्लामा प्रदेश १ का २ जिल्ला इलाम र ओखलढुंगा छन् । प्रदेश ३ को रसुवा, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ र कर्णाली प्रदेशको रुकुम पश्चिम  छन्। प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका भने सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ।

देशका ७१ जिल्लामा गरि आइतबार साँझसम्म ३ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये हालसम्म ४ सय ६७ जना उपचारपछि निको भइसकेका छन् भने संक्रमण देखिएकामध्ये १३ जनाको भने मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि