असोज ०६, २०८१, आइतबार
               

५१ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

लकडाउनको ७६ औँ दिनसम्म आइपुग्दा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमित हुने सुरक्षाकर्मीको सङ्ख्या ५१ पुगेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएका सुरक्षाकर्मी अधिकृत तथा जवानहरू सङ्क्रमित भएका छन् । नेपाल प्रहरीका ३३, सशस्त्र प्रहरीका ५ जना र नेपाली सेनाका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रहरीमा ३३ मध्ये प्रदेश २ मा खटिएका मात्रै २२ जना छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीका अनुसार सङ्क्रमितमध्ये १४ जना प्रहरी निको भएर होम क्वारेनटाइनमा छन् । बाँकीको विभिन्न अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । प्रदेश २ मा प्रहरी निरीक्षकसहित २२ जनामा संक्रमण देखिएको र त्यसमध्ये ७ जना निको भएर ब्यारेकमै आराम गरिरहेका शाहीले जानकारी दिए ।

उनले भने, ‘२ नम्बर प्रदेशसभामा खटिएका प्रहरीका ५ मर्यादापालक समेत सङ्क्रमित छन्, संक्रमतिको सख्या बढिरहेको छ,’ उनले भने ।
कोरोना सङ्क्रमणको विपद्का बेला नेपाली सेना र सशस्त्र प्रहरी बल मुख्य जिम्मेवारीमा छ ।

लकडाउनको कार्यान्वयनदेखि सीमा क्षेत्रको निगरानी र क्वारेन्टाइन व्यवस्थापनसम्म उनीहरूको जिम्मेवारीमा छ । सीमा निगरानीमा सशस्त्र प्रहरी रहेकाले सबैभन्दाबढी जोखिममा उनीहरू छन् । पाँचजना सशस्त्र कर्मचारीमा कोरोना देखिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

सशस्त्र प्रहरीका डिआइजी तथा प्रवक्ता प्रवीण कुमार श्रेष्ठका अनुसार कपिलवस्तुमा दुई जना, काठमाडौँमा एक जना, तेह्रथुममा एकजना, झापामा एकजनामा कोरोना संक्रमण देखिएको हो । जसमा तेह्रथुममा देखिएका कर्मचारी निको भएर फर्किसकेको डिआइजी श्रेष्ठले बताए ।


सेनामा १३ सङ्क्रमित
लकडाउनको ७६ औँ दिनसम्म आइपुग्दा सीमा सुरक्षादेखि क्वारेनटाइनको मुख्य जिम्मा पाएको नेपाली सेनाका १३ जना सङ्क्रमित भएको सैनिक मुख्यालयले जनाएको छ ।  नेपालभित्र सातजना मात्र सङ्क्रमित भएको सेनाका सहाकरथी तथा सैन्य प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

जसमा ६ जना गण्डक अस्पताल र एक जना धनुषामा सङ्क्रमित रहेको पाण्डेको भनाइ छ । यस्तै मिसनमा गएका नेपाली सेनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता पाण्डेका अनुसार साउथ सुडान गएका ३ जना, कारमा दुईजना र मालि मिसन गएका दुई नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कोरोना संक्रमण देखिएकामध्ये चारजना निको भइसकेका छन् । 


आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल आफ्ना सम्पूर्ण ड्युटीलाई उच्च सतर्कतामा राखेर यसविरुद्धको अभियानमा सक्रिय छन् । सरकारले लागू गरेको लकडाउनमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै तीनवटै सुरक्षा निकायले स्थानीयस्तरमा समेत जनचेतनामा अभिवृद्धि गर्न माइकिङलगायत अन्य प्रयास गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि