असोज ०६, २०८१, आइतबार
               

८ वर्षीया बालिकासहित नौ जना डिस्चार्ज

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

रुपन्देही । बुटवलको कोरोना विशेष आइसोलेसन सेन्टरमा रहेका ८ वर्षीया एक बालिकासहित नौ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । 

बुटवल–१० स्थित एन्फा फुटबल सेन्टरमा रहेको आइसोलेसन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार डिस्चार्ज गरिएको हो । 

डिस्चार्ज हुनेहरुलाई बुटवलका प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै बिदाई गरे ।

आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका ८ र रुपन्देहीका १ जना रहेका छन् । उनीहरु संक्रमण पुष्टि भएपछि गत जेठ ११ गते बुटवल–१० स्थित आइसोलेसन सेन्टरमा भर्ना हुन आएका थिए । 

भर्ना भएकामध्ये ७ जना भारतबाट आएका थिए । उनीहरुमध्ये दुई जनालाई सामान्य ज्वरो देखिए पनि अरु कसैमा पनि कुनै लक्षण नदेखिएको आइसोलेसनमा खटिएका बुटवलका स्वास्थ्यकर्मीले बताए । 

दुई जना भने घरमै रहेका बेला संक्रमित भएको भन्दै बुटवलमा आएका थिए ।

कपिवलस्तुका एक जना वडाध्यक्ष र आठ वर्षीया बालिका पनि कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन् । 

उनीहरु बाहेक अरु सबै जना भारतबाट आएका हुन् । अब यहाँको आइसोलेसनमा ३२ जना छन् । 


कस्तो लाग्यो ?

यो पनि