असोज ०६, २०८१, आइतबार
               

रोल्पामा पहिलो पटक देखियो कोरोना

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

रोल्पा । रोल्पामा पहिलोपटक तीन जना कोरोना संक्रमित भेटिएका छन् । पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिकाका तीन जनामा आइतबार कोरोना संक्रमणको पुष्टि भएको हो ।

५ नम्बर प्रदेशको १२ वटा जिल्लामध्ये ११ वटा जिल्लामा कोरोना संक्रमित फेला परेका थिए । रोल्पा जिल्लामा मात्र संक्रमित देखिएका थिएनन् । तीन जनामा संक्रमण देखिएसँगै ५ नं. प्रदेशका सबै जिल्लामा कोरोना संक्रमित भएका छन् । 
    
संक्रमित तीनै जना जेठ १२ गते भारतबाट रोल्पा फर्किएका हुन् । एकै समयमा गाउँ फर्किए पनि अलग अलग वडाका भएकाले उनीहरूलाई दुई फरक ठाउँको क्वारेन्टाइनमा राखिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि