असोज ०६, २०८१, आइतबार
               

कर्णालीमा ५४ र रौतहटमा ११ जना संक्रमित थपिए

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

रौतहटमा ११ जना कोरोना संक्रमित थपिएका छन् । भने कर्णाली प्रदेशमा ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आज ११ जनामा कोरोना भाइरसका संक्रमित थपिएका जनाएको छ । अहिलेसम्म जिल्लामा ३९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा ५४ जना कोरोना संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालयकाअनुसार कर्णालीमा संक्रमितको संख्या ६ सय ४१ पुगेको छ ।

आज पुष्टि भएका संक्रमितहरु सल्यानका २८, सुर्खेतका २०, दैलेखको भैरवी गाउँपालिकाका २ जनार चामुन्डा बिन्द्रासैनी नगरपालिकाका एक जना गरी तीन जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका तीन जनामा संक्रमण पुष्टि भएको छ । कालिकोटको खाडाचक्र नगरपालिकाका २ र महावै गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।


कस्तो लाग्यो ?

यो पनि