बैशाख २८, २०८१, शुक्रबार
               

१७ जनाविरुद्ध झण्डै ४२ करोडको भ्रष्टाचार मुद्दा

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । यातायात व्यवस्था कार्यालय कोसीका तत्कालीन चार जना कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध राजस्व रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर भएकाे छ । 

राजस्व रकम हिनामिना गरी गैरकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानीनोक्सानी पुर्‍याएको अभियोगमा तत्कालीन कार्यालय प्रमुखहरू नयनराज नेपाल, तीर्थराज लम्साल, गोपाल थपलिया र भुपेन्द्र राईसहित १७ जनाविरुद्ध फरक-फरक बिगो कायम गरी आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा  जारी विज्ञप्तिमा जनाइएको छ ।

तत्कालिन कार्यालय प्रमुख नयनराज नेपाल, तिर्थराज लम्साल, गोपाल थपलिया, भुपेन्द्र राईसमेत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपालविरुद्ध १ करोड ८ लाख २९ हजार, लम्सालविरुद्ध  ३ करोड ३० लाख  हजार , थपलिया १ करोड ३० लाख ७२ हजार, राईविरुद्ध ५६ लाख १२ हजार विगो कायम गरिएको छ।

साथै तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारी, तत्कालीन लेखापाल सुरेश अधिकारी, तत्कालीन लेखापाल रुद्र प्रसाद दाहाल,तत्कालीन लेखापाल अर्जुन भट्टराई,तत्कालीन लेखापाल कृष्ण प्रसाद कट्टेल, कम्प्युटर अपरेटर (करार) सुजन राईलाई प्रतिवादी बनाइएको छ । फोकस वान नेपाल प्रा.लिका कम्प्युटर अपरेटरहरु राकेश रोशन मस्र्याङ्ग्री मगर, रमेश पौडेल, भूमिराज अधिकारी, हरिमदन ढुङ्गेल, दिपेन्द्र कुमार मण्डल, मैया कुमारी चापागाई, रविन कुमार विश्वासलाई अख्तियारले प्रतिवादी बनाएको छ।

कुल ४१ करोड ९० लाख ५० हजार ४ सय ३० रुपैयाँ रहेको बिगो रकम व्यक्तिगतरूपमा न्यूनतम ४५ हजार ४ सय ६१ देखि अधिकतम् ४ करोड ९४ लाख ९८ हजार ९ सय ६१ सम्म छ ।


कस्तो लाग्यो ?

यो पनि