असोज ०६, २०८१, आइतबार
               

रौतहट इँटाभट्टा काण्ड : इँटाभट्टाका तत्कालीन मिस्त्री पक्राउ

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । रौतहटको राजपुरस्थित भएकाे बम बस्फोटमा घाइतेलाई जिउँदै इटाभट्टामा जलाउनेमध्येका थप एक अभियुक्त पक्राउ परेका छन्।

प्रहरीले इटाभट्टाका मिस्त्री मुक्ति शाहलाई शनिबार पक्राउ गरेको हो। प्रदेश-२ बाट खटिएको प्रहरी टोलीले ५६ वर्षीय शाहलाई नेपाल-भारत सिमावर्ती सिम्रौनगढ नगरपालिका-८ बाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते रौतहटको फरहदवामा भएको विस्फोटका २२ जनालाई ज्यूँदै इँट्टाभट्टा जलाएको घटनामा दोषी करार भइ पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहमद अफताब आलम पुर्पक्षका लागि थुनामा छन् ।

११ जनाविरुद्ध अभियोग लगिएकामा अझै ९ जना फरार छन् भने उनीहरुको खोजी भइरहेकाे प्रहरीले जनाएको छ

 

यो पनि