असोज ०६, २०८१, आइतबार
               

एक हप्तामै क्वारेन्टाइनमा बसेका ६ जनाको ज्यान गयो

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

सुदूरपश्चिममा घर फर्किएर क्वारेन्टाइनमा बसेका ६ जनाको ज्यान गएको छ । एक हप्तामा चार जिल्लामा गरी ६ जनाको क्वारेन्टाइनमा ज्यान गएको हो । उनीहरुमध्ये तीन जनाको कोरोना जाँच भएकोमा रिपाेर्ट नेगेटिभ आएको छ । तीन जनाको भने कोरोना परिक्षण बाँकी नै रहेको छ ।

आज बिहान डोटीको केआईसिंह गाउँपालिकामा १९ वर्षीय युवकको ज्यान गएको हो । डोटीको केआईसिंह गाउँपालिकाको धिमे माध्यमिक विद्यालयको क्वारेन्टाइनमा क्वरेण्टीनमा बसेका युवाको ज्यान गएको स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सूर्यबहादुर विष्टले बताए ।

मृतककाे कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि धनगढी पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

यस्तै बैतडीमा पाटन नगरपालिका ६ भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका ३१ वर्षका पुरुषको ज्यान गएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । मृतकको स्वाब परीक्षणका लागि धनगढी पठाउने तयारी छ ।

बैतडीमा यसअघि पनि क्वारेन्टाइनमा नै एक महिलाको ज्यान गएको थियो । पुर्चाैँडी नगरपालिका ४ मा मंगलबार महिलाको ज्यान गएको हो । 

बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मष्टा आधारभूत विद्यालयको क्वारेन्टाइनमा पनि एक वृद्धको ज्यान गएको छ । ६५ वर्षका वृद्ध जेठ १६ गतेदेखि क्वारेन्टाइनमा बसेका थिए ।

सर्वपक्षीय सहमति र विज्ञको सुझाबका आधारमा शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो । डडेल्धुरामा पनि घर फर्किएकी महिला र एक बालकको ज्यान गएको छ ।

गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टाइनमा ३० वर्षीया महिलाको ज्यान गएको हो । तर, उनको कोरोना रिपाेर्ट भने नेगेटिभ आएको छ । डडेल्धुरामा ७ वर्षीय बालकको पनि ज्यान गएको छ ।

डडेल्धुरा बहुमुखी क्याम्पसको क्वरेण्टीनमा राखिएका बालकको ज्यान गएको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।  ।


कस्तो लाग्यो ?

यो पनि