असोज ०६, २०८१, आइतबार
               

उदयपुरमा थपिए तीन संक्रमित, काठमाडौंबाट फर्किएका थिए एक संक्रमित

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

उदयपुर । प्रदेश १ को उदयपुर जिल्लामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुरको बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।

तीन दिनअघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

चौदण्डीगढी नगरपालिकाकाका २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनी दुई साताअघि काठमाडौंबाट उदयपुर फर्किएका थिए ।

उनको एक महिनाअघि पनि परीक्षण गरिएको थियो । त्यसबेला उनको रिपोर्ट नेगेटिभ आएको थियो । अत्यावश्यक काम परेको भन्दै काठमाडौं पुगेर (तीन दिन बसेर) उनी पुनः उदयपुर फर्किएका थिए । 

उदयपुर फर्किएपछि पुनः उनलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो ।

करिब दुई साता क्वारेन्टाइनमा बसेका उनलाई परीक्षणपछि घर पठाउन भन्दै स्वाव लिइएको थियो । परीक्षणको क्रममा उनलाई कोरोना पोजिटेभ देखिएको हो ।


कस्तो लाग्यो ?

यो पनि