असोज ०६, २०८१, आइतबार
               

प्रजिअका सवारी चालकलाई कोरोना संक्रमण, दुई दिनअघि आएका थिए काठमाडौं

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  

भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार संक्रमण भएको पुष्टि भएको थियो । 

दुई दिनअघि सरुवा भएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमलाल लामिछानेलाई काठमाडौंं पुर्‍याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई  काठमाडौंबाट ल्याएका थिए । 

सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए ।

चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको छ ।

यहाँ थप १९ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको छ । अन्यको आज स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सबैलाई सेल्फ क्वारेन्टाइनमा राखी कार्यालयको आन्तरिक काम सञ्चालन गरिने तर कार्यालय बन्द नगरिने  प्रशासकीय अधिकृत अधिकारीले बताए ।


कस्तो लाग्यो ?

यो पनि