असोज ०६, २०८१, आइतबार
               

लागुऔषधसहित तीन पक्राउ

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

अत्तरिया । कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१० बाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ बस्ने २३ वर्षीय राजेन्द्र भाट,  वडा नं १० बस्ने १८ वर्षीय बल राना र सोही वडा बस्ने २४ वर्षीय गौरव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक हिक्मत थापाले बताए । 

सुपप्रप ०१–००८ प ५४८७ नंको मोटरसाइकलमा सवार उनीहरुलाई  धनगढी उपमहानगरपालिका–१० स्थित जुगेडाबाट ११ दशमलव ७०० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको र तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि