असोज ०६, २०८१, आइतबार
               

गाउँपालिका अध्यक्षले जिते कोरोना

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

तम्घास गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कोरोनालाई परास्त गर शनिबार डिस्चार्ज भएका छन् । 

उनमा जेठ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोनालाई पराजित गरी डिस्चार्ज भएका अध्यक्षले उच्च आत्मबल राखे कोरोनालाई सहजै जित्न सकेको बताए । साथै, उनले सबै बिरामीलाई पनि उच्च आत्मबल बनाउन आग्रह गरेका छन्  ।

गुल्मीमा पहिलोपटक मदाने गाउँपालिकामा जेठ ५ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसलगत्तै धुर्कोट गाउँपालिकाका सुरक्षाकर्मी, गाउँपालिकाका सवारी चालक र स्थानीय प्रहरीको आरडिटी गर्दा उनमा कोरोना पुष्टि भएको थियाे । 

गुल्मीमा १५५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष पोखरेलको सम्पर्कमा आएका सबैको स्वाब जेठ १८ गते सङ्कलन गरी पठाइएको थियो ।

जसमध्ये धुर्कोट गाउँपालिकाका स्वास्थ्यकर्मी, वडाध्यक्षलगायत गरी कूल ८९ जना रहेका थिए भने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिलगायत गरी ५६ जना रहेका थिए । गुल्मीमा हालसम्म कूल पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई निको भएका छन् ।

दुईको तम्घासस्थित आइसोलेशनमा उपचार भइरहेको छ भने एकको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि