असोज ०६, २०८१, आइतबार
               

कर्णालीमा एकैदिन थपिए ९८ संक्रमित, अहिलेसम्म तीनको मृत्यु

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेशमा एकैदिन (शनिबार) थप ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  

थप संक्रमितहरुमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना,  दैलेखका ४६ र डोल्पाका १ जना रहेका छन् । 

कर्णाली  प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार  प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो । 

पुष्टि भएकामध्ये डोल्पाका संक्रमितको भने मृत्यु भएको छ । उनको जेठ २० गते मृत्यु भएकोमा संकलित स्वाबको नमुना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । 

हालसम्म कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने संक्रमितको जम्मा संख्या ५८७ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि