पाल्पा: पाल्पा रैनादेवी गाउँपालिका-७ का वडाध्यक्ष देवेन्द्र पुन घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलकाे टोलीले वडाध्यक्ष पुनलाई ३ लाख घुससहित रंगेहात पक्राउ गरेको हो ।
काठ लिलाम विक्रीमा सहजीकरण गरिदिने भन्दै व्यापारीसँग तीन लाख घुस लिएको अख्तियारले जनाएकाे छ ।
वनमा संकलन भएको काठ विक्रीमा उनले सहजीकरण गर्ने प्रयोजनमा घुस मागेको उजुरीकाे आधारमा पक्राउ गरिएकाे र पक्राउ परेका वडाध्यक्षमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ ।