चितवन । भरतपुर अस्पतालको आईसीयूमा आज बिहान एक युवकको मृत्यु भएको छ ।
चितवनको माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
उनलाई ज्वरो तथा खोकीको समस्या बढ्दै गएपछि शुक्रबार भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको हो ।
उनी करिब दुई साताअघि भारतबाट चितवन आएका थिए ।
उनमा कोरोना संक्रमण थियो–थिएन भन्ने बुझ्न स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको छ ।