बैशाख २०, २०८१, बिहीबार
               

शनिबारको मौसम, देशका विभिन्न स्थानमा लगातार झरी

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । शनिबार बिहान देशका धेरैजसो स्थानमा लगातार झरी परिरहेको मौसमविद्ले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार अहिले काठमाडौं उपत्यकालगायत मध्य तथा पूर्वी क्षेत्रमा झरी परिरहेको छ ।

प्रदेश २ मा केही कम तथा प्रदेश १, बाग्मती र ४ नम्बर प्रदेशमा अहिले मध्यमसम्म वर्षा भइरहेको छ । यसबाहेक पश्चिमका प्रदेशहरूमा पनि अहिले मौसम बदली तथा केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।

खासगरी अरब सागरबाट विकसित निसर्ग चक्रवातबाट बनेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा लगातार वर्षा भइरहेको मौसमविद्को भनाइ छ ।

‘यसको प्रभाव भोलिबाट मात्रै केही कम हुने देखिएको छ,’ एक मौसमविद्ले भने, ‘यसअघिको अम्पुन आँधीको भन्दा यस निसर्गको प्रभाव नेपालमा बढी पर्‍यो ।’ काठमाडौं उपत्यकाको मौसम दिउँसो २–३ बजेपछि केही बेर खुल्ने सम्भावना रहे पनि पुनः बदली हुने सम्भावना रहेको छ ।
 

यो पनि