बैशाख २३, २०८१, आइतबार
               

शुक्रबार मौसमको प्रभाव, कुन–कुन ठाउँमा पर्छ वर्षा र चट्याङ ?

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको सातै प्रदेशको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान अनुसार हाल  नेपालमा स्थानीय वायु, पश्चिमी  वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको  प्रभाव रहेको छ।

यसैगरी, देशका विभिन्न प्रदेशमा हाल सामान्यदेखि पूर्ण बदली भइरहेको महाशाखाले उल्लेख गरेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश ५ का अधिकांश भागमा मध्यम वर्षा भइरहेको छ ।  

यस्तै, शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा पूर्ण बदली हुने सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ । बाँकी भागहरुमा भने मौसममा सामान्य बदली रहनेछ ।  

यता, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेशमा भने हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती, प्रदेश २, प्रदेश ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली  रहनेछ । यस्तै, प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ को पूर्वी भूभागका केही स्थानहरुमा  मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५को बाँकी  भूभागमा  मेघगर्जन, चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि