बैशाख २८, २०८१, शुक्रबार
               

सर्वोच्चले थप आठ प्रकारका मुद्दको निर्णय गर्ने

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

काठमाडाैं । सर्वोच्च अदालतले थप आठ प्रकारका निर्णय गर्ने भएको छ । 

सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन भन्दै बिहीबार थप आठ प्रकारका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको हो । 

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशको सो बैठकले  यस्तो निर्णय गरेको सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालले बताए । 

सर्वोच्च अदालतले बन्दाबन्दी  जारी भएपछि सुरुमा बन्दीप्रत्यक्षीकरण र महामारीसम्बन्धी मात्र मुद्दाहरुको सुनुवाइ सुरु गरेको थियो, तर सेवाग्राही उपस्थित नहुँदा मुद्दा र सार्वजनिक सरोकारका रिट निवेदनमाथि सुनुवाइको प्रक्रिया अघि बढाएको थियो ।

बैठकले बन्दाबन्दीको अवधिमा दर्ता हुन आएको रिट निवेदनको कारवाही र सुनुवाइ गर्ने, सम्बन्धित पक्ष वा कानून व्यवसायी उपस्थित हुन सक्ने अवस्थाका मुलुकी फौज्दारी कार्यविधि संहिताअनुसारको निवेदनको कारबाही र सुनुवाइ गर्ने निर्णय गरेको छ ।

पक्ष वा कानुन व्यवसायी उपस्थित हुन सक्ने अवस्थाका दरपीठ आदेशविरुद्ध  निवेदन, बन्दाबन्दीअघि दर्ता भई कारबाहीयुक्त अवस्थामा रहेको र पक्ष वा कानुन व्यवसायी उपस्थित हुन सक्ने मुद्दाको सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो ।

बैठकले कानुन व्यवसायी नियुक्त नगरिएका थुनामा रहेका व्यक्ति पुनरावेदक भई वैतनिक वकिलमार्फत प्रतिनिधित्व हुने मुद्दाको सुनुवाइ, सरकार पुनरावेदक भएका मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भई प्रतिवादीले म्याद गुजारी चैत ९ गतेअघि म्याद थमाउने अवधि समाप्त भएका मुद्दाको सुनुवाइ थालनी गर्ने निर्णयमा उल्लेख छ ।

पक्ष तारिखमा नरहेको वा तारिख गुजारी थमाउने अवधि समाप्त भएका र कानून व्यवसायी उपस्थित हुन नसक्ने मुद्दाको सुनुवाइ हुने, मिलापत्र र मुद्दा फिर्तासम्बन्धी कारबाही पनि सुरु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि