जेठ ०६, २०८१, आइतबार
               

रसुवागढी नाका सञ्चालन हुने तयारी

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । रसुवागढी नाका सञ्चालनकाे तयार भइरहेकाे छ । यसकाे लागि चिनियाँ पक्ष र नेपालबीच छलफल अघि बढेको छ । 

रसुवाढी नाका सञ्चालन गर्न नेपाल र चीनबीच निरन्तर छलफल अघि बढेको र केही दिनमा नै ठोस नतिजा आउने भन्सार विभागले जनाएकाे छ । 

यसबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा परराष्ट्र मन्त्रालयमार्फत पनि चिनियाँ पक्षसँग संवाद अघि बढाइएको छ। चीन र नेपाली परराष्ट्रका अधिकारीहरूबीच भिडियो कन्फरेन्समा वार्तासमेत भएको छ । 

चीनमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा रसुवागढी नाका बन्द गरिएको थियो । रसुवागढी भन्सार नियमित सञ्चालन गर्न भन्सारका कर्मचारी रसुवा गइसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि