जेठ ०४, २०८१, शुक्रबार
               

कम लक्षण देखिएका कोरोनाका बिरामी घरकै आइसोलेसनमा बस्न पाउने, यस्ता छन् मापदण्ड

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनका लागि मापदण्ड बनाएसँगै लक्षण नदेखिएका र कम लक्षण देखिएका कोरोना भाइरस संक्रमित घरकै आइसोलेसनमा बस्न पाउने भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिका जारी गरेसँगै कोरोनासम्बन्धी लक्षण देखिएका सामान्य बिरामी घरमै बस्न पाउने भएका हुन् । 

‘अब कसैको कोरोना परीक्षण नजिता पोजेटिभ आएमा लक्षण नभएका (एसिम्योयाटिक), हल्का (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) र नाजुक (क्रिटिकल) के हो भनेर यकिन गर्नुपर्छ,’ निर्देशिकामा भनिएको छ, ‘र, लक्षण नभएका र हल्का लक्षण भएकाहरू घरमै आइसोलेसनमा बस्न सक्नेछन् ।’ 

निर्देशिकामा यससम्बन्धी पालना गर्नुपर्ने केही सर्त उल्लेख गरेको छ ।

सो निर्देशिकामा घरमै आइसोलेसनमा बस्नेहरूले हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठा राख्नुपर्ने, उपचार अवधिभर बाहिर ननिस्कन नपाइने, आवश्यक सामग्री परिवारका सदस्यहरूमार्फत मगाउनुपर्ने, खानपिनमा सावधानी, दिनमा तीन पटक ज्वरो जाँच गर्नुपर्नेलगायत छन् । 

यसरी आइसोलेनमा बसेकाहरू मध्ये लक्षण नदेखिएकाहरू १४ दिनपछि छुट्ने र हल्का लक्षण देखिएका १४ दिनपछि लक्षण निको भएको तीन दिनपछि मात्र आइसोलेसननबाट निस्कन पाउने सो निर्देशकमा उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि