जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौंमा सात वर्षीया बलिका बलात्कृत, बाबु पक्राउ

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा ७ वर्षीया छोरीलाई यौन दुराचार (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

रामेछाप घर भई कीर्तिपुर नगरपालिका–४ भत्केपाटीमा डेरा गरी बस्ने बुबाले आफ्नै ७ वर्षीया छोरीलाई बलात्कार गरेको जानकारी एक संस्थाले प्रहरी दिएको थियो।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीका अनुसार उक्त जानकारी आएलगत्तै मंगलबार राति नै ती पुरूषलाई पक्राउ गरिएको हो।

उक्त पुरुषकी श्रीमती दुई महिनाअघि घर छोडेर गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 'झगडा परेर उनकी श्रीमती दुई महिनाअघि घर छोडेर हिँडेकी रहिछन्' कामतीले भने।

पीडित बालिकालाई एक संस्थाको संरक्षणमा राखिएको छ  । 

पक्राउ परेका पुरूषबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि