जेठ ०४, २०८१, शुक्रबार
               

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

सुर्खेत । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रममण पुष्टि भएको हो ।

कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीद्वारा जारी सूचनामा, कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ।

नयाँ संक्रमितहरु सल्यान, दैलेख र कालिकोटका छन्। प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ सय १५ पुगेको छ।


कस्तो लाग्यो ?

यो पनि