जेठ ०४, २०८१, शुक्रबार
               

१२ वर्षीया बालिका गर्भवती, १७ वर्षीय किशोर पक्राउ

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

उदयपुर । १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटारी नगरपालिका ५ भोर्लेका एक १७ वर्षीय किशोर रहेका छन् । 

स्वास्थ्यमा समस्या आएपछि गत आइतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा आठ हप्ताको गर्भ रहेको खुलेको थियो। 

लगातार पाँच पटकसम्म परीक्षण गर्दा पेटमा बच्चा रहेको पुष्टि भएपछि परिवारले सोधपुछ गर्दा बालिकाले घटनाबारे जानकारी दिएकी थिइन्। 

कटारी अस्पतालका चिकित्सक मुकलेस माधवीले चार पटकसम्म पिसाबबाट परीक्षण गरिने युरिन प्रिभिन्टी टेष्ट (युपिड) गर्दा पोजिटिभ देखिएको बताए । 

त्यसपछि अल्ट्रासाउण्ड गरेर हेर्दा ८ हप्ताको गर्भ रहको पुष्टि भएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि