जेठ ०४, २०८१, शुक्रबार
               

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

 

विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(६ चौघडास्थित सडकमा बा।२ क ७११० नम्बरको ट्रकले अनटेष्ट लेखिएको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिंदा स्कुटर चालक सोही ठाउँ बस्ने ४८ वर्षीयश्याम फुल बलामीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी कालिकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटस्थित सडकमा कर्णाली प्रदेश ०२(००१ ज ००३० नम्बरको जीप नियन्त्रित भई मंगलबार दिउँसो दुर्घटनाहुँदा जीपचालक रास्कोट नगरपालिका–१ बस्ने ४५ वर्षीय डबलबहादुर साहीको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका जीपमा सवार नरहरीनाथ गाउँपालिका(३ बस्ने ५० वर्षीयपुर्ण प्रसाद उपाध्यायलाई उपचारको लागि जिल्ला अस्पताल कालिकोटतर्फ लगिएको छ । 

झापाको गौरादह नगरपालिका(१ स्थित सडकमा मे।१ त १९३२ नम्बरको ट्याक्टरको चक्काले किच्दा सोही ट्याक्टरका चालक गौरीगंज गाउँपालिका(१ तुलाचन बस्ने २७ वर्षीय जितु राजबंशीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

उक्त स्थानमा बिग्रिएको मे।१ त १९३२ नम्बरको ट्याक्टरलाईतानेर लैजाने क्रममा आफूले चलाएको ट्याक्टरको सिटबाट झर्दा चक्काले किचेर गम्भीर घाइते भएका राजबंशीको उपचारको लागि दमक लाइफ लाईन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र मे‍१ त ४१६१ नम्बरको ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी धनुषाको मिथिला नगरपालिका(११ चुरेस्थित सडकमा बा।४३ प ३८९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका तुल्सी बस्ने २५ वर्षीय उमेश परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस्तै सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोरस्थित सडकमा ना‍‍‌८ ख ३०९३ नम्बरको टिपरअनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका टिपरका सहचालक सोही नगरपालिका(७ बस्ने २३ वर्षीय सुजन दनुवारको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका टिपरका चालकलाई त्रिदेब अस्पताल रानीगंज सर्लाही हुँदै थप उपचारको लागि न्यूरो अस्पताल वीरगंज रिफर गरिएको छ । उक्त टिपर ना।४ त ४१२५ नम्बरको ट्याक्टरसँग ठक्कर खाई अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि