जेठ ०४, २०८१, शुक्रबार
               

लकडाउन नतोड्न व्यापारीलाई प्रहरीको आग्रह

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । लकडाउन नतोड्न व्यापारीलाई प्रहरीले आग्रह गरेको छ । सरकारले व्यवस्थापन नगर्ने तर एकोहोरो लकडाउन मात्रै थप्दै गएपछि काठमाडौंका व्यापारी त्यसविरुद्ध उत्रिन थालेका छन् । व्यापारीहरूले आफ्नो पसल, व्यावसाय खोलेर लकडाउनविरुद्ध उत्रिएका छन् ।

काठमाडौंको बौद्ध, जोरपाटी, विशालबजार, शान्तिनगर, कोटेश्वर, महाराजगन्जलगायत क्षेत्रमा व्यापारीले लकडाउनको पालना नगर्ने बताएका छन् । बौद्ध जोरपाटी क्षेत्रमा बजारै सञ्चालन भइसकेको छ ।
 
प्रहरी अधिकारीका अनुसार काठमाडौंका विभिन्न क्षेत्रमा रहेका बजार–व्यापार समितिले बजार खोल्ने निर्णयसमेत गरिसकेका छन् । लगातारको लकडाउनले आफूहरूको दैनिकी अस्तव्यवस्त बनेको व्यापारीको गुनासो छ । उपत्यकाका एक उच्च प्रहरी अधिकारीले भने, ‘व्यापारीका निकै समस्या छन् । सरकारले लकडाउन जारी राखेको छ, उनीहरू पसल खोल्न थालिसकेका छन्, हामीलाई बल प्रयोग गर्न पनि समस्या छ, बल प्रयोगले झन् ठूलो समस्या आउनसक्छ ।’ 

प्रहरीले शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्नुपर्ने भएकाले पनि लकडाउन उल्ंघनको दबाब प्रहरीमाथि नै सबैभन्दा बढी पर्ने अधिकारीको बुझाइ छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले लकडाउनको पालना सबैले गर्नुपर्ने बताए ।

उनले भने, ‘कोरोनाको संकट सबैतिर छ, यसविरुद्ध हामी मिलेरै लड्नुपर्छ, स्थानीय तह, व्यापार संघहरूलाई बजार नखोलिदिन आग्रह गरेका छौँ, सरकारले गरेको निर्णय पालना नगरे जटिलता थपिनसक्छ भनेर सचेत गराएका छौं ।


कस्तो लाग्यो ?

यो पनि