जेठ ०४, २०८१, शुक्रबार
               

मदिरा सेवनमा विवाद, घाँटी रेटेर एकको हत्या

नेपाल फ्ल्यास
जेठ २१, २०७७

ADVERTISEMENT

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए ।

हत्या अरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक जोशीले बताए । मदिरा सेवन गरेको अवस्थामा समान्य विवाद हुँदा चौधरीले तिवारीमाथि हातियार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

मृतक तिवारीको बायाँ आँखा किनारमा चोट देखिएको र घाँटीमा काटिएको अवस्थामा घर नजिकैको बारीमा शव फेला परेको प्रहरी निरीक्षक जोशीले बताए । आज बिहान शवको मुचुल्का उठाइ परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि