जेठ ०४, २०८१, शुक्रबार
               

नेपाल प्रहरीमा महिला सेलजस्तै दलित सेल खोल्न निर्देशन

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । रुकुम–जाजरकोट घटनासँगै दलित र गैरदलितको बहसले प्रहरीभित्र दलित सेल खोल्न निर्देशनसम्म पुर्‍याएको छ । 

मंगलबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले नेपाल प्रहरीमा यस्तै दलित सेल खोल्न निर्देशन दिएको छ ।

नेपाल प्रहरीभित्र महिला सेल रहेको र त्यसले महिला हिंसा कम गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै सांसदरुले त्यस्तै खालको सेल स्थापना गरेर दलितविरुद्धको अभियान सफल बनाउनुपर्ने जोड दिएका छन् । 

यसैगरी समितिले शृंखलाबद्ध रुपमा दलितमाथि भइरहेका आक्रमणलाई ख्याल गर्दै तत्काल यस खालका विभेदविरुद्ध महाअभियान चलाउन निर्देशन दिएको छ  ।

समिति सभापति पोखरेलले दलितमाथि पटकपटक विभेद भएको बताउँदै शृंखलाविरुद्ध हुने विभेद अन्त्य गर्ने गरी सरकारको तर्फबाट महाअभियान चलाउन माग गरिन् । 

सो समिति बैठकको छलफलमा गृहमन्त्री रामबहादुर थापा, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको सहभागिता थियो । 


कस्तो लाग्यो ?

यो पनि