जेठ ०४, २०८१, शुक्रबार
               

भक्तपुरकी गर्भवतीमा कोरोना संक्रमणको पुष्टि

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङको क्रममा मंगलबार चाँगुनारायण नगरपालिकाकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

चाँगुनारायण नगरपालिका ३ की कोराना भाइरस (कोभिड–१९) संक्रमित महिला गर्भवती रहेको खुलेको छ ।

वडाध्यक्ष श्यामसुन्दर धिमालका अनुसार उनी नियमित स्वास्थ्य जाँचका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज आउजाउ गर्ने गर्थिन् । 

गर्भवती महिला पछिल्लो पटक वैशाख २२ गते, जेठ ५, ६ र १६ गते अस्पताल गएकी थिइन् ।

चिकित्सकहरुले प्रसूतिका लागि असार १९ गतेको लागि समय दिएका थिए । त्यसअघि १६ गते उनको कोरोना परीक्षणका लागि स्बाव संकलन गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि