बैशाख २२, २०८१, शनिबार
               

शाखा अधिकृतको १० करोड बढी अकुत सम्पत्ति

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

मालपोत कार्यालय ललितपुरमा कार्यरत अधिकृत बद्री ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल २०५४ सालमा शिक्षक हुँदै २०५५ सालबाट निजामती सेवामा प्रवेश गरेका थिए । 

उनी नासु हुँदै हाल उनी ललितपुर मालपोत कार्यालयमा शाखा अधिकृतको रुपमा कार्यरत रहेका छन् ।निजामति सेवामा प्रवेश गरेपछि ढकालले साली जेठान लगायतका बैंक खाताबाट कारोबार गर्ने गरेको पनि अख्तियारले जनाएको छ ।

 अख्तियारले उजुरीका आधारमा गरेको अनुुसन्धानमा ढकालले सेवाअवधिमा आर्जन गरेको १४ करोड ५३ लाख ८२ हजार ४ सय ९८ रुपैयाँमध्ये १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेर खर्च गरेको भेटिएको हो । 


कस्तो लाग्यो ?

यो पनि