जेठ ०४, २०८१, शुक्रबार
               

हत्या अभियोगमा तीन जना पक्राउ

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

इटहरी । आइतबार राती इटहरी उपमहानगरपालिका-२० तरहराका २८ बर्षीय राजन भनिने रादन राईको हत्या गरेकाे आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार घटनामा संलग्न प्रज्वल तामाङ, अभिषेक पौडेल र अभिषेक गिरिलाई सोमबार राति पक्राउ गरी मंगलबार अदालतमा हाजिर गराइसकिएको छ ।

राईको हत्यामा संलग्न दुई जना कक्षा १२ र एक जना कक्षा ११ मा अध्ययनरत रहेकाे प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि