जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौंमा थपिए चार जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा मंगलबार (एकैदिन) २ सय ८८ कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित २८८ जनामध्ये काठमाडौंमा पनि चार जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा चार जना स्वास्थ्यकर्मी रहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार काठमाडौंमा देखिएका ४ संक्रमित सबै स्वास्थ्यकर्मी हुन् ।

उनीहरु सबै काठमाडौं मेडिकल कलेजमा आबद्ध रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि