जेठ ०४, २०८१, शुक्रबार
               

म‌ंगलबार मात्र थपिए २८८ जना काेराेना संक्रमित, कुल संक्रमित २०९९ जना

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपालमा मंगलबार २८८ जना काेराेना संक्रमित थप भएका छन् ।

म‌ंगलबार स्वास्थ्य मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार राैतहटका ७२ जना थप भएका छन्  । त्यस्तै स्याङजाका १० जना, सप्तरीका १ जना, बर्दियाका ३ जना, बाँकेका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना. सल्यानका १८ जना संक्रमित थप भएका हुन्  ।

त्यस्तै अछामका १० जना, बाराका १ जना, दाङका १७ जना, प्युठानमा १ जना, कन्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महाेत्तरीका २ जना, सर्लाहीका २१ जना थप भएका छन्  । स्वास्थ्य मन्त्रालयका अनुसार सिराहाका १७ जना, भक्तपुर र धादिङका १/१ जना, कपिलबस्तुका १६ जना, नुवाकाेटका २ जना, रुपन्ददेहीका १० जनामा काेराेना संक्रमण देखिएकाे हाे । 

साथै नवलपरासी पूर्व र पस्चिमका १/१ जनामा पनि काेराेना संक्रमण देखिना काठमाडौंका ४ जना स्वास्थ्यकर्मीमा पिन संक्रमण देखिएकाे छ । याे सँगै संक्रमितकाे सँख्या २०९९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि