जेठ ०४, २०८१, शुक्रबार
               

लोकसेवा आयोगले लिने अन्तर्वार्तामा सहभागी हुन पिसिआर अनिवार्य

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडौं। लोक सेवा आयोगले अन्तर्वार्तामा सहभागी हुनेहरूकाे पिसिआर परीक्षण अनिवार्य गराएको छ। 

२ असारबाट हुन लागेको राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहको पदका लागि अन्तर्वार्ता दिन आउने उम्मेद्‌वारलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको हो । 

१९ जेठमा आयोगले विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह (प्राविधिक र प्राविधिक) विभिन्न पदका विज्ञापनको द्वितीय चरणका परीक्षा एवं अन्तर्वार्ता कार्यक्रमको नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो। 

उक्त अन्तर्वार्तामा सहभागी हुने उम्मेद्‌वारमध्ये काठमाडौंबाहिर रहेका वा बाहिर गई आएकाले अनिवार्य रूपमा कोभिड-१९ परीक्षणको रिपोर्ट बुझाउनुपर्ने छ ।

 


कस्तो लाग्यो ?

यो पनि