जेठ ०४, २०८१, शुक्रबार
               

डा. केसीको १८औँ अनसन सुरु

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । डा. गोविन्द केसीले मंगलबरबाट दार्चुलामा अनसन सुरु गरेका छन् । 

विगतमा चिकित्सा शिक्षा सुधारका लागि अनसन बस्दै आएका डा. गोविन्द केसीले यो पटक भने फरक मुद्दा लिएर अनसन सुरु गरेका हुन् । 

उनी मंगलबार र बुधबार गरी दुई दिन अनसन बस्दै छन् । उनको यो १८ औँ अनसन हो । 

सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि भन्दै उनले अनसन सुरु गरेका छन्  ।

साथै, उनले दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था, भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने माग राखेका छन् । 

गण्डकी प्रदेश, डडेल्धुरा, बर्दिबास, उदयपुर, इलामलगायत ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने, कैलालीको गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने र विगतमा आफूसँग भएका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने माग पनि उनले अघि सारेका छन् । 

यो पनि